Re Design Roshan Mainali

अन्तिम खेलमा बार्सिलोना बराबरीमा रोकियो


अन्तिम खेलमा बार्सिलोना बराबरीमा रोकियो

अन्तिम-खेलमा-बार्सिलोना-बराबरीमा-रोकियो


एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना सिजनको अन्तिम खेलआ आईबरसंग २–२ को बराबरीमा रोकिएको छ । मार्क कुकुरेल्लाले २० औ मिनेटमा गोल गर्दै आईबरलाई सुरुवाती अग्रता दिलाएका थिए । लियोनल मेसीले खेलको ३१ र ३२ औ मिनेटमा लगातार गोल गर्दै बार्सालाई २–१ को अबस्थामा पुर्याए ।पहिलो हाफको अन्तिम मिनेटमा पाब्लो डी ब्लासीसले गोल गर्दै आईबरलाई २–२ को अबस्थामा पुर्याएका थिए । ६१ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको बार्साले त्यसपछि गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भयो । बल पोजिशनमा कम पकड जमाएपनि आईबरले बार्साबिरुद्ध आक्रामक फुबटल खेलेको थियो । ३८ खेलबाट ८७ अंक जोड्दै बार्सा च्याम्पियन बन्दा आईबर ४७ अंकमा १२ औ स्थानमा रह्यो । गएराती नै रियल बेटिसले रियल मड्रिडलाई २–० ले हराउदै सिजनको सुखद अन्त्य गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लोरन मोरोनले ६१ र रोड्रीग्वेज रुईजले ७५ औ मिनेटमा गोल गरे । हारका बावजुत रियल मड्रिड ६८ अंकमा तालिकाको तेस्रो स्थानमा यथावत रह्यो । रियल बेटिस भने ५० अंकमा १० औ स्थानमा रहेर सिजनको अन्त्य गर्यो ।