Re Design Roshan Mainali

युरोपियन गोल्डेन बुट प्रतिस्पर्धा रोमान्चक बन्दै


युरोपियन गोल्डेन बुट प्रतिस्पर्धा रोमान्चक बन्दै

युरोपियन-गोल्डेन-बुट-प्रतिस्पर्धा-रोमान्चक-बन्दै


युरोपियन गोल्डेन बुट प्रतिस्पर्धा रोमान्चक बन्दै गएको छ।सिजन समाप्त हुनै लाग्दा गोल्डेन बुटका लागि मेस्सी र एमबाप्पेमात्र प्रतिस्पर्धी हुन्। मेस्सीले हालसम्म ३४ गोल गरेर ६८ अंक बटुलेका छन्। एमबाप्पेले ३२ गोलसहित ६४ अंक जोडेका छन्। अर्थात् मेस्सीभन्दा एमबाप्पे २ गोलले मात्र पछि छन्।ला लिगामा मेस्सीले अब एकमात्र खेल खेल्न बाँकी छ। एमबाप्पेले समेत लिग वानमा अब एकमात्र खेल खेल्न बाँकी छ।मेस्सी आइतबार राति अर्थात् आज राति ८ बजे एइबरविरुद्धको ला लिगा खेलमा मैदान उत्रँदै छन्५ पटकका किर्तिमानी युरोपियन गोल्डेन बुट विजेता मेस्सीले आफ्नो छैठौं गोल्डेन बुट उपाधि सुनिश्चित गर्न आजको खेलमा गोल गर्नै पर्ने हुन्छ। २ गोलले पछि परेका एमबाप्पे आगामी शनिबार लिग वानमा स्टेड रेम्सविरुद्धको खेलमा मैदान उत्रँनेछन्। उनले मेस्सीलाई उछिन्न हालको नतिजा अनुसार २ गोलभन्दा बढी गोल गर्नुपर्ने हुन्छ। यदी मेस्सीले आइतबार गोल गरे एमबाप्पेले सोही अनुसारको गोलअन्तर बढाउँदै लानु पर्ने अवस्था छ। एजेन्स