Re Design Roshan Mainali

प्रशासन कार्यालय अगाडि पत्रकारको रुवाबासी !


प्रशासन कार्यालय अगाडि पत्रकारको रुवाबासी !

प्रशासन-कार्यालय-अगाडि-पत्रकारको-रुवाबासी-!


सरकारलाई खबरदारी गर्न गरिने आन्दोलनले नयाँ नयाँ रुप लिन थालेका छन् । यसैको एक उदाहरण हो सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक  विरोधमा मोरङका पत्रकारले गरेको आन्दोलन । उनीहरुले आन्दोलनको प्रकृतिलाई विशुद्ध नौलो रुपमा प्रस्तुत गरेका छन् । सरकारले ल्याएको विधेयक पारित भए पत्रकार रुनुपर्ने अवस्था आउनेभन्दै खबरदारी स्वरुप आजको विरोध प्रदर्शनमा रोएर व्यांगात्मक विरोध गरेको प्रदर्शनमा सहभागी प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुईटेलले बताए । नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको रुने कार्यक्रममा सहभागी पत्रकारले डाको छाडेर १ घण्टासम्म रोएका थिए । पत्रकारको लेख्न, बोल्न र दृश्य देखाउन पाउने अधिकारमाथि नै धावा बोलेर सरकारले नियन्त्रण गर्न खोेजेको भन्दै अध्यक्ष लुइटेलले भने, ‘ विधेयक पारित भए, पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना हुनेछ ।’ सरकारले सञ्चार माध्यमलाई नियमन गर्ने भन्दै ल्याएको मिडिया काउन्सिल विधेयक नियमनका लागि नभई नियन्त्रण मुखी हुने आन्दोलनरत पत्रकारको आरोप छ ।