Re Design Roshan Mainali

इनरुवा नगरपालिकाको इटा गै्ररकानुनी रुपमा बिक्रि


 इनरुवा नगरपालिकाको इटा गै्ररकानुनी रुपमा बिक्रि

अन्सार अन्सारी 

इनरुवा । इनरुवा नगरपालिका कार्यालयले निर्माण गरेको ढलको ईटा अवैध रुपमा भुमि कन्ट्रक्सन प्रा.लि.ले बिक्रि गरी रहेको पाईएको छ ।तराईका सदरमुकाम विकास कार्यक्रम अन्तरगत शहरी विकास मन्त्रालयको योजना अन्तरगत इनरुवा नगरपालिकामा ढल तथा कालोपत्रे सडक निर्माणको ठेक्का पाएको भुमि कन्ट्रक्सन प्रा.लि.का ठेकेदारहरुले अबैध रुपमा इनरुवा नगरपालिका कार्यालयले निर्माण गरेको ढलको ईटा बिक्रि गरी खुलेको छ ।विगत केही बर्षयता इनरुवा नगरपालिका कार्यालयले नगरको बजार क्षेत्रमा करिव १ करोडबढी लगानी निर्माण गरेका ढलको इटा भुमि कन्ट्रक्सन प्रा.लि.का ठेकेदार तथा मजदुरहरुले नगरपालिका कार्यालयलाई कुनै जानकारी नै नदिई अवैध रुपमा बिक्रि गरी रहेको पाईएको हो ।


भुमि कन्ट्रक्सन प्रा.लि.का ठेकेदारहरुले अबैध रुपमा इनरुवा नगरपालिकालाई जानकारी नै नदिई नगरपालिकाको इटा प्रति गोटा पाँच रुपैँयामा बिक्रि गरी रहेको पाईएको हो ।भुमि कन्ट्रक्सन प्रा.लि.का ठेकेदारहरुले इनरुवा नगरपालिकाले निर्माण गरेको पुरानो ढल भत्काउदै ढलमा प्रयोग भएका इटा निकाली ठाउँको ठाउँ स्थानीयलााई प्रति गोटा पाँच रुपैँयामा इटा बेच्ने गरेको छ । पुरानो ढलको इटा कसले बेच्न लगाएको  ढल निर्माण कार्यमा संग्लन मजदुरलाई सोध्दा उनिहरुले ठेकेदारले भनेको बताए । अनि यसबाट आएको पैसा कसले लिन्छ भन्दा अलिअलि हामी र अरु ठेकेदारले लिने गरेको बताए । इनरुवा वडा न.ं १ मुख्य बजारको नयाँ ढल निर्माण गर्दै भुमि कन्ट्रक्सन प्रा.लि.का ठेकेदारहरुले पुरानो ढलको इटा कसैलाई जानकारी नै नदिई अबैध रुपमा बिक्रि गरी रहँदा समेत कार्वाही हुन सकेको छैन् । स्थानीय जनप्रतिनिधीको वेवास्ताका कारण सरकारी मालमा ठेकेदारहरु मालामाल भई रहेको स्थानीय व्यापारी मुना अलिले बताए ।