Re Design Roshan Mainali

कार्यकर्तालाई संयमित रहन समाजवादी पार्टीको निर्देशन (विज्ञप्तिसहित)


कार्यकर्तालाई संयमित रहन समाजवादी पार्टीको निर्देशन (विज्ञप्तिसहित)

कार्यकर्तालाई-संयमित-रहन-समाजवादी-पार्टीको-निर्देशन-(विज्ञप्तिसहित)


समाजवादी पार्टीले आफ्ना कार्यकर्तालाई संयमित रहन निर्देशन दिएको छ । पार्टीले आइतबार राति एभिन्यूज टेलिभिजनको कार्यालयमा भएको दुःखद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एवं आम कार्यकर्ताहरुलाई निर्देशन गरेको हो । आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पार्टीले पत्रकारिताको आचरण विपरीतका प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन संचार गृह, संचारकर्मी र प्रेस काउन्सिलसहित मिडियालाई नियमन गर्ने सम्पूर्ण निकायहरुलाई पनि अपील गरेको छ । साथै विज्ञप्तिमा पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मानमर्दन एवं अपमानितहुने ढंगले एभिन्यूज टेलिभिजनकाा प्रस्तोताले पत्रकार आचारसंहिता विपरीत सोधिएका प्रश्न र संचारकर्मीको अभद्र एवं पूर्वाग्रहीप्रस्तुतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘पत्रकारिता जगतको नै मानमर्दन हुने गरी अपमानजनक एवं बदनियतपूर्ण ढंगले उपप्रधानमन्त्री यादव माथि भएको यस्तो दुव्यर्वहारको हामी घोर निन्दाएवं भत्र्सना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाप्रति दुःखव्यक्त गर्दै सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।’


भखरै प्रकासित