Re Design Roshan Mainali

साबधान, यस्ता लक्षण देखिएमा क्यान्सर हुने सम्भावना;


साबधान, यस्ता लक्षण देखिएमा क्यान्सर हुने सम्भावना;

 एञ्जिता थापा

मानव जिवनको सबैभन्दा ठुलो सम्पत्ति उसको शरीर नै हो । त्यसैले यदि मानवको शरीर पूर्ण रुपमा स्वस्थ भएमा उसले सजिलै सबै कुरा हासिल गर्न सक्छ । एक अध्ययन अनुसार शरीरमा यस्ता विभिन्न लक्षण देखिएमा क्यान्सर हुने सम्भावना बढी हुन्छ । उक्त अध्ययनका अनुसार यस्ता केहि  लक्षण एकैसाथ शरीरमा  देखापर्न थाले क्यान्सर हुने प्रवल सम्भावना बढी हुन्छ । क्यान्सर भएको थाहा पाउन यी बुँदाहरुलाइ जाच गर्नुहोस ।

१- शरीरको कुनै भागमा सानो घाउँ आउनु साथै शरीरको कोठीमा परिवर्तन हुनु ।

२ -  गालामा सधै अप्ठेरो महसुस गर्नु । सधै खोकीरहनु ।

३ - लामो समयसम्म खोकी वा आवाजमा असजिलो तथा भारी हुनु ।

४ - मुख वा मसलमा परिवर्तन वा छालामा नयाँ धब्बा आउनु ।

५ - खाना खादा वा पानी पिउँदा निल्ने बेला गालामा लगातार समस्या आउनु।

६ -  लगातार शरीर दुख्नु ।सधै थकाई लागेको महसुस हुनु ।

७ -  मलद्धवार वा पिसाब फेर्दा हुने परिवर्तन।

`८ -  मुख वा नाकबाट रगत आउनु ।

९ -  मलद्धारा वा पिसाब फेर्दा रगत आउनु ।

१० -  भोक नलाग्नु र लगातार तौल घट्नु ।

११ -  लामो समयसम्म विना कारण खोक्दा खकार आउनु ।

यी लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । क्यान्सरको  पहिलो चरणमा सफल उपचार हुन सक्ने डाक्टरहरुको भनाइ छ ।