Re Design Roshan Mainali

संघीय संसदको चौथो अधिवेशन आजबाट शुरु हुँदै


संघीय संसदको चौथो अधिवेशन आजबाट शुरु हुँदै

संघीय-संसदको-चौथो-अधिवेशन-आजबाट-शुरु-हुँदै


संघीय संसदको चौथो अधिवेशन आजबाट शुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका लागि कानून निर्माणमा केन्द्रित हुने छ । तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो । चालू अधिवेशनमा सरकारका वार्षिक कार्यक्रम र कानून निर्माणमा केन्द्रीत हुने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिए । अधिवेशनमा सरकारको कार्यक्रम नै प्रमुख रहेनछ । नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय भइसकेको छ । यसपटक नीति तथा कार्यक्रमपछि प्री बजेट छलफल हुनेछ । यसअघि प्री बजेट छलफलपछि मात्र नीीत कार्यक्रम पेस हुने गरेको थियो । अधिवेशनको पहिलो दिन दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् अधिवेशन आह्वानको सूचना पढेर सुनाइनेछ। दुवै सदनमा सत्तारूढ र विपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावित कार्यसूची छ । दोस्रो सत्रमा अघिल्लो अधिवेशनपछि निधन भएका पूर्वमन्त्री तथा सांसदहरूको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।


भखरै प्रकासित