Re Design Roshan Mainali

मुटुलाइ स्वस्थ राख्ने विभिन्न उपायहरु ;


मुटुलाइ स्वस्थ राख्ने  विभिन्न उपायहरु ;

मुटुलाइ-स्वस्थ-राख्ने--विभिन्न-उपायहरु-;


एञ्जिता थापा 

मुटु प्रत्येक सेकेन्ड धड्किरन्छ, सोचौ त यदी मुटु एकछिन धड्किन छोड्यो भने के होला ? दुर्घटना अवस्थामा हामी जीवित छौ भनेर सूचना दिने पहिलो प्रतिक नै मुटु को धड्कन चल्नु हो  । संसारको हरेक प्राणी  मुटुको धड्कनमा निर्भर हुन्छ  । स्वास्थको लापरवाहीले गर्दा  मुटु सम्बन्धि विभिन्न रोग लाग्ने गर्छन यसले अकालमै ज्यान लिन्छ । त्यसैले हामीले मुटु सम्बन्धि रोग लग्न नदिन विभिन्न उपायहरु अपनाउनु पर्दछ । जस्तै 

- सात घन्टा भन्दा बढी सुतौँ :  हरेक रात कम्तिमा सात घन्टा सुतौँ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।

- आफ्नो रक्तचाप समय समयमा जाचि राखौँ : रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०/८० देखि १३०/८५ को रक्तचापलाई उच्च मानिदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो ।

- सेकेन्डह्यान्ड धुँवाबाट बचौँ : अरूले खाएको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु¥याउँछ । धूम्रपान यसै पनि मुटुरोगको एउटा कारण हो ।

- व्यायाम गरौ साथै  दैनिक ३० मिनेट हिँडौँ : व्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै, व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन पनि मद्दत पु¥याउँछ । बुढोपना शरीरमा नदेखिनु त यसको प्रत्यक्ष फाइदा भइहाल्यो । त्यसैले दिनको कम्तिमा ३० मिनेट हिँडेर भए पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ ।

-  हप्ताका एक दिन माछा खाऔं : माछामा पाइने ‘ओमेघा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।

-  दाँत माझौँ : गिजामा लाग्ने रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन सक्छ । तसर्थ, दन्त स्वास्थ्यको ख्याल गरेर पनि मुटु बचाउन सकिन्छ । 

- सन्तुष्ट हुन सिकौँ  : आर्थिक कारणले होस् या कुनै पनि कारणमा  मानसिकले धेर  तनाव  लिन हुँदैन । तनाबले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ ।

भखरै प्रकासित