Re Design Roshan Mainali

दैनिक ‘फ्राइड चिकेन ’ खाने मानिसमा, ’१३ प्रतिशत मृत्युको जोखिम ;


दैनिक ‘फ्राइड चिकेन ’ खाने मानिसमा, ’१३ प्रतिशत मृत्युको जोखिम  ;

आजभोलि मानिसहरु स्वास्थ खानेकुरामा भन्दा स्वादिस्ट खानेकुरामा बढी जोड दिन्छन । तर स्वादिस्ट खानेकुराले हाम्रो शरीरमा असर गरिरहेको हुन्छ । खास गरि मासुको परिकार मध्ये  विभिन्न फ्राइ गरिएको चिकेनको मासु सेवन गर्नु स्वास्थ्यका लागि निकै हानीकारक रहेको नयाँ अनुसन्धानले देखाएको छ ।मेडिकल जर्नल बिएमजेमा प्रकाशित अध्ययनका अनुसार अमेरिकामा गरिएको एक अध्ययनले दैनिक ‘फ्राइड चिकेन’ खाने महिलामा १३ प्रतिशत मृत्यु जोखिम हुने देखाएको छ।

फ्राइ गरिएको चिकेन दैनिक सेवन गर्नाले क्यान्सरको जोखिम बढ्ने मात्रै नभैइ  मृत्युको जोखिम पनि बढिरहेकोर १२ प्रतिशत मुटु रोगको जोखिम थपिने पाइएको छ। त्यसैगरी फ्राइ माछाले ७ प्रतिशत मृत्युको जोखिम र १३ प्रतिशत मुटुको जोखिम बढाउँने अनुसन्धानले देखाएको हो । महिलामा मात्र नभई पुरुषमा पनि अत्यधिक चिल्लो या फ्राइ गरिएको माछा  मासुले गहिरो असर गर्दछ । १८ वर्षसम्म गरिएको उक्त अध्ययनले चिल्लो खानेकुराले मानिस तथा बिशेष महिलाको  स्वास्थ्यमा अझ बढी  ठूलो नोक्सानी पुर्‍याउने निष्कर्ष निकालेको छ।