Re Design Roshan Mainali

शरीरमा पानीको मात्रा के कति छ? यस्ता छन् चेक गर्ने तरिका ;


 शरीरमा पानीको मात्रा के कति छ? यस्ता छन् चेक गर्ने तरिका ;

-शरीरमा-पानीको-मात्रा-के-कति-छ?-यस्ता-छन्-चेक-गर्ने-तरिका-;


हामीलाइ बाच्नको लागि सबैभन्दा पहिले एउटै कुराको आवशेक पर्छ र त्यो हो पानी । हाम्रो शरीरको तापक्रमलाई नियन्त्रण गर्न, शरीरमा रहेका विभिन्न किसिमका विषाक्त पदार्थलाई हटाउने काम पानीले गर्दछ । हामीले पिउने चिया, कफि,  पानीको रुपमा लिन मिल्दैन  । धेरैले पानीको सट्टा यस्ता तरलपदार्थ सेवन गर्ने गर्दछ । यस्तो पदार्थमा केफिन पाइन्छ, केफिनले हाम्रो शरीरलाई सुख्खा बनाइदिन्छ । शरीरमा यस्ता पदार्थले केहि समयको लागी फे्रस बनाएता पनि पछि गएर नकारात्मक प्रभाव देखाउँछ । तपाईले सजिलै तरिकाले पानीको मात्रा पुगे नपुगेको भनेर थाहापाउन सक्नुहुन्छ । यस्ता छन् चेक गर्ने तरिका ; 

-  टाउको दुख्नु पानीको कमी भएमा टाउँको दुख्ने समस्या सिर्जना हुन्छ । टाउँको दुख्ने बित्तिकै समस्या थाहा पाएर पानीको मात्रा बढाउन सकिएन भने थकान, अल्छीपना जस्ता समस्यादेखा पर्दछन् ।

-  सुख्खा छाला छालालाई नरम, चमकदार बनाउनको लागी पानीको सघाउँने कारणले गर्दा छालालाई हेरर पानी शरीरलाई चाहिने       जति  पुगेको छ वा छैन् भनेर थाहा पाउन सकिन्छ । छाला सुख्खा हुन नदिनको लागी सबैभन्दा बढि पानीकै भुमिका रहेको हुन्छ । दिनको समयमा घण्टाको १ गिलास पानी अनिवार्य रुपमा पिउनुपर्दछ । छालामा लोसन लगाउदा वा चिल्लो क्रिम लगाउँदा तपाईको छालाले सोस्छ भने पानीको मात्रा कम भएको संकेत हो । त्यसैले छालालाई चिल्लो र नरम बनाउनको लागी लोसनको वा क्रिमको प्रयोग नगरी पानी सेवन गर्नुहोस् ।

-  मुख सुख्खा हुनु खासगरी पानीको कमिले मुख सुख्खा हुन्छ । मुख सुख्खा हुने समस्या भएमा १ बोतल पानी सधैं साथमा राखेर बेलाबेलमा पिउने गर्नुपर्दछ । पानीको कमीले मुख सुख्खाभएपछि खानेकुरा मिठो नहुने, मुख च्यापच्याप हुने आदि समस्या सिर्जना गराउँछ ।

-  भोक पानीको कमी भएमा धेरै भोक लाग्ने समस्या हुन्छ । जाडोयाममा धेरैले कम पानी पिउने गर्दछन्, त्यसैले धेरैलाई भोक लाग्दछ । पानीको कमी भएमा भोक लागिरन्छ ।

-  रिंगटा लाग्नु पानीको कमीले देखापर्ने अर्को एक आम सकेंत रिगंटा लाग्नु हो । रिगंटाको कामले गर्दा काममा निकै बाधा सिर्जना भई तनावको हुन्छ । त्यसैले दैनिक रुपमा पानी आवश्यक मात्रामा पिउने गर्नुपर्दछ । 

-  पिशाब गर्ने संख्या पिसाब कति पटक भयो भन्ने कुराबाट पानीको कमी छ वा छैन् भनेर थाहा पाउन सकिन्छ । स्वस्थ र पानीको मात्रा पुगेका व्यक्तिले दैनिक ६ वा ७ चोटी पिसाब गर्दछन् । २ वा ३ चोटी मात्र पिसाब लाग्छ भने तपाईलाई पानीको कमी भएको संकेत हो ।

भखरै प्रकासित