Re Design Roshan Mainali

बसेर भन्दा उठेर काम गर्ने मानिसको, लामो आयु ;


बसेर भन्दा उठेर काम गर्ने  मानिसको, लामो आयु  ;

बसेर-भन्दा-उठेर-काम-गर्ने--मानिसको,-लामो-आयु--;


एञ्जिता थापा 

सजिलो तरिकाले आराम मात्र गरि बस्ने मानिसको भन्दा काम गरिरहने  मानिसको आयु लामो हुने  कुरालाई अमेरिकामा भएको एउटा विश्लेषणात्मक अनुसन्धानले पनि पुष्टी गरेको छ ।उक्त अध्ययन अनुसार जो व्यक्ति जति दिनमा उभिएर काम गर्छ  त्यो व्यक्ति त्यति नै बढी बाँच्न सक्छ । यो अध्ययन भन्दा पहिले भएका विभिन्न अध्ययनहरुले पनि बढी समयसम्म बस्नु वा टीभी हेर्नुले स्वास्थ्य खराब हुने देखिनुको साथै यसले मधुमेह, मुटु रोग र हृदयाघातले गर्दा अकस्मात् मर्ने सम्भावना बढ्ने देखिएको थियो । सन् २००५ – २००६ र सन् २००९–२०१० को मानिसहरुको स्वास्थको तथ्यांक अध्ययन गरे ।

उक्त यो तथ्यांक अमेरिकी वयस्क कति समय बसेर बिताउँछन् र कति समयसम्म टीभी हेर्छन् जान्नलाई लिइएको थियो । विश्लेषणबाट थाहा भए अनुसार यदि बस्ने जम्मा समयलाई दिनहुँ तीन घन्टामा सीमित गरियो भने तपाईंको जीवन दुई वर्ष बढ्न सक्छ ।यस्तै, टीभी हेर्ने समयलाई समेत दुई घन्टाभन्दा कम गरियो भने तपाईंको जीवन १।३८ वर्ष बढ्न सक्छ । मानिसलाइ आराम,बसाइ र धेर सुताईले अल्छी बनाउछ भने दिनमा सक्दो काम गरिरहने व्यक्तिलाइ सधै जवान र तन्दुरुस्त बनाउछ । 

भखरै प्रकासित