Re Design Roshan Mainali

दोस्रो खेलका लागि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे र कप्तान लिओनल मेस्सी तथा लुइस स्वारेजले के भने त ?


दोस्रो खेलका लागि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे र कप्तान लिओनल मेस्सी तथा लुइस स्वारेजले के भने त ?

दोस्रो-खेलका-लागि-बार्सिलोनाका-प्रशिक्षक-अर्नेस्टो-भाल्भर्डे-र-कप्तान-लिओनल-मेस्सी-तथा-लुइस-स्वारेजले-के-भने-त-?


एजेन्सी, चैत २८

युरोपियन च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनल अन्तर्गत गत राति भएको पहिलो लेगको खेलमा स्पेनिस बार्सिलोनाले इंग्लिस टोली म्यानचेस्टर युनाइटेडलाई हरायो । युनाइटेडको घरेलु मैदानमा बार्सिलोनाले १ मात्रै उपहार गोलको मदतमा कठिन जित निकाल्यो ।सो खेलपछि बार्सिलोनाले १ अवे गोल सुरक्षित गर्दै दोस्रो लेगलाई केही सहज बनाएको छ । दोस्रो लेग यसै साता बार्सिलोनाको घरमा हुँदैछ । सेमिफाइनल पुग्नसो खेलमा बार्सिलोनालाई गोलरहित बराबरी नै काफी हुनेछ भने युनाइटेडलाई पुनरागमन जित चाहिन्छ । कम्तीमा २–२ को बराबरी गर्न सके पनि युनाइटेड बार्सिलोनालाई हराउँदै सेमिफाइलन जानेछ गत रातिको खेलपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे र कप्तान लिओनल मेस्सी तथा लुइस स्वारेजले प्रतिक्रिया दिएका छन् । उनीहरू ३ जनाले नै दोस्रो लेगमा आफूहरूले जित निकाल्ने दाबी गरेका छन् ।प्रशिक्षक भाल्भर्डेले गत रातिको खेलमा आफ्नो टोलीको उत्कृष्ट प्रदर्शन नरहे पनि जित नै मुख्य कुरा भएको बताए । ‘हामीले यस खेलमा अपेक्षाअनुसार उत्कृष्ट प्रदर्शन गर्न सकेनौं । तर, फुटबलमा जित मुख्य हो, हामीले जित्यौं,’ भाल्भर्डेले भने ।उनले दोस्रो लेगमा थप मेहनत गर्ने बताए ।


‘१ गोलको अन्तरमा युनाइटेडजस्तो टिमसँग ढुक्क हुने अवस्था हुँदैन । तर, हामी क्याम्प नोउमा थप गोल गरेर खेल जित्नेमा विश्वस्त छौं।’भाल्भर्डेले आफूहरू अब दोस्रो लेगमा केन्द्रित हुने बताए । ‘अबको हाम्रो मुख्य ध्यान दोस्रो लेगमा केन्द्रित हुनेछ, हामी भोलिबाटै त्यसको तयारीमा लाग्नेछौं,’ उनले भने ।यता, गत रातिको खेलमा युनाइटेडले गरेको आत्मघाती गोलमा भूमिका निभाएका स्वारेजले भने नतिजा सोचेजस्तो नआए पनि खेल जितेर अर्को चरणको सम्भावना बढाएको बताए । ‘हामीले अवे गोलका साथ खेल जित्यौं, यो नै महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘हामी रिटन लेगमा उत्कृष्ट प्रदर्शन गर्नेछौं ।यता, गत रातिको खेल दौरान चोट बोकेका कप्तान मेस्सीले भने युनाइडेविरुद्धको खेल कठिन भएको बताए । ‘यो कठिन खेल थियो, दुवै टोलीका लागि । तर, हामीले सकेको राम्रो गर्यौं,’ उनले भने, ‘खेल अझै बाँकी नै छ । दोस्रो लेगमा जे पनि हुनसक्छ । तर, हामी आफ्नो घरमा खेल्ने छौं । हामी सो खेल जितेर अर्को चरण जान आतुर छौं ।’मेस्सीले अवे खेलमा खेल्न जहिल्यै दबाब र कठिन हुने बताए । ‘अवे मैदानको खेल कठिन हुन्छ । दोस्रो लेग हामी घरमा खेल्नेछौं । हामी त्यहाँ राम्रो नतिजा निकाल्नेछौं,’ मेस्सीले भने ।मेस्सीले युनाइटेडलाई कमजोर ठान्न नहुने पनि बताए । ‘उनीहरूले यसअघि बलियो टिमविरुद्ध पुनरागमन गरेर आएका हुन् । तसर्थ, उनीहरूलाई कमजोर ठान्ने गल्ती हामी गर्दैनौं । किनभने, १ गोलको अन्तर ठूलो होइन,’ मेस्सीले भने, ‘हामी क्याम्प नोउमा ०–० को अवस्थाबाट खेल्छौं ।बार्सिलोनाले अब २ दिनपछि (शनिबार राति) ला लिगामा लिगको ३२औं साताको खेलमा हुएस्काविरुद्ध अवे मैदानमा खेल्दैछ । सो खेलपछि मंगलबार राति बार्सिलोनाले आफ्नो घरमा युनाइटेडलाई दोस्रो लेगको खेलमा स्वागत गर्नेछ ।


भखरै प्रकासित