प्रबिन आचार्यको जन्मदिन भब्य रुपले मनाइयो

प्रबिण-माधुरी सेवा प्रतिस्ठानका संस्थापक संरक्षक इन्जिनियर प्रबिण आचार्यको जन्मदिन भब्य रुपले मनाइएको छ । प्रतिस्ठानको आफ्नै कार्यलयमा बुधबार उनको जन्मदिन मनाइएको हो । प्रतिस्ठानका सल्लाहकारहरु , आजिबन सदस्यहरु तथा कार्यसमितिका पधादिकारिहरु लगायतको उपस्थितिमा आचार्यको जन्मदिन मनाइएको हो । आचार्यकै धर्मपत्नि माधुरी आचार्यको अठार बर्शअघि निधन भएपछी उहांको स्मृतिमा प्रबिण आचार्य संस्थापक संरक्षक रहने गरी प्रबिन-माधुरी […]

पुरा पढ्नुहोस ...

यूएई दुर्घटना : नेपाली कामदार अधिकांश घाइते, मृत्यु भएका ६ मध्ये ५ जना महिला

युनाइटेड अरब इमिरेट्स (यूएई)मा बिहीबार भएको बस दुर्घटनामा घाइते हुनेमध्ये अधिकांश नेपाली रहेको स्थानीय अखबार खालिज टाइम्सले आज जनाएको छ । सो अखबारका अनुसार १९ जना घाइतेमा अधिकांश नेपालका र त्यसपछि श्रीलंका र युगाण्डाका नागरिक रहेको सो समाचारमा जनाइएको छ ।सो घटनामा मृत्यु भएका ६ जनामध्ये ५ जना महिला र एक पुरुष भएको बताइको छ […]

पुरा पढ्नुहोस ...

मेक्सिकोमा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

मेक्सिको । आज शुक्रबार बिहान दक्षिणी मेक्सिकोमा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ ।भूकम्पका कारण भएको क्षतिको विवरण भने आएको छैन । अमेरिकी जुओलोजिकल सर्भेले भने भूकम्प ५ दशमलब ३ म्याग्निच्युडको भएको जनाएको छ ।ओआक्साका क्षेत्रमा केही परकम्पपनि महसुस गरिएको छ । सन् २०१८ र २०१७मा पनि मेक्सिकोमा ठूला भूकम्प महसुस गरिएको […]

पुरा पढ्नुहोस ...

मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं फरार

झापा विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं महानगरीय प्रहरी परिसर भक्तपुरको खोजी सूचीमा छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएसँगै उनी फरार भएका हुन् । २० करोड घूस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए। प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली […]

पुरा पढ्नुहोस ...

२०७७ सालको दशैँ–तिहार २५ दिन पर धकेलियो भाईटिका मङ्सिरमा

२०७७ सालको दशैँ र तिहार झण्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते […]

पुरा पढ्नुहोस ...

पूर्वसांसद यादव भ्रष्टाचारमा तानिए

फर्जी उपभोक्ता समिति बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा पूर्वसांसद विश्वनाथप्रसाद यादव (बीपी यादव) विरुद्ध मुद्दा दायर भएको छ। यादवले पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतसमेतको संलग्नतामा फर्जी समिति गठन गरी २५ लाख हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्रमा उल्लेख छ। सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ र ३ मा […]

पुरा पढ्नुहोस ...

दैनिक कति पर्यटक भित्रिदैछन् नेपालमा ? पूरा हुन्छ २० लाख पर्याउने लक्ष्य ?

पछिल्लो दुई साताको अध्ययनले नेपालमा दैनिक २ हजार ३ सय विदेशी पर्यटक नेपाल भित्रिएको देखाएको छ। अध्यागमन विभागका अनुसार विगत १४ दिनमा ३२ हजार ३ सय २५ बाह्य पर्यटक नेपाल भित्रिएका छन्। भ्रमण वर्ष–२०२० प्रारम्भ भएको पहिलो दुई सातामा आएका पर्यटकको परिमाण हेर्दा सरकारले घोषणा गरेअनुसार २० लाख पर्यटक भित्याउने योजना पूरा हुन भित्रिनुपर्ने दैनिक […]

पुरा पढ्नुहोस ...

इटहरीको कोशी कलेजमा अध्ययनरत १८ वर्षीय युवकले गरे आत्महत्या

इटहरी ५ स्थित अस्थायी प्रहरी चौकी नजिकै एक युवाले आत्महत्या गरेका छन् । सुनसरीको कालाबन्जार घर भइ आफन्तको घरमा बसेर कोशी कलेजमा अध्ययनरत १८ वर्षीय बिशाल सुवेदीले आत्महत्या गरेका हुन् । कक्षा ११ को व्यवस्थापन संकायको परिक्षाको अन्तिम दिन भोलि भएकाले साझँ पढ्छु भनेर एक्लै कोठामा सुतेका उनी मंगलबार बिहान झ्यालमा झुन्डिएको अवस्थामा फेला परेका […]

पुरा पढ्नुहोस ...

आजबाट फेरि हिउँदे झरी

भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी सुरु हुने भएको छ । गएको शुक्रबारबाट रोकिएको झरी फेरि सुरु हुने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो । यो चौँथो चरणको झरी गराउने वायु हो ।  […]

पुरा पढ्नुहोस ...

बार्सिलोनाका फरवार्ड लुइस स्वारेज ४ महिना मैदान बाहिर

एजेन्सी । बार्सिलोनाका फरवार्ड लुइस स्वारेज ४ महिना मैदान बाहिर रहने भएका छन् ।घुँडाको चोटको शल्यक्रिया गरेपछि स्वारेज ४ महिना मैदान बाहिर रहने भएका हुन् । स्वारेजको दायाँ घुँडाको आइतबार शल्यक्रिया गरिएको छ बार्सिलोनाले आइतबार प्रेस विज्ञप्ति निकाल्दै स्वारेज लामो समय मैदान बाहिर रहने जनाएको छ ।’पहिलो रोजाईका खेलाडी लुइस स्वारेजको घुँडाको शल्यक्रिया आइतबार डा […]

पुरा पढ्नुहोस ...