Logo

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

Kailash Regmi
२०७९ असार ८ , बुधबार ०८:०६ मा प्रकाशित

कृष्ण शर्मा प्रसाई

झापाको बिर्तामोड नगरपालिका-२ चारपानेबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ  परेका छन । पक्राउ पर्नेमा बुद्दशान्ती-४ का ३१ बर्षीय चन्द्र बहादुर लिम्बु रहेका छन् । विशेष सुचनाका आधारमा मंगलवार बेलुका ७ बजे  ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा लिम्बुको साथबाट ३४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । यसरी लागूऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेकको छ ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?