Logo

जापान विद्यार्थी भिषामा जापान आएका युवाले आफ्नो ज्यान आफैं लिए

Kailash Regmi
२०७९ जेठ २२ , आईतबार ०६:०६ मा प्रकाशित

जापानको नागोयामा विद्यार्थी भिषामा हालसालै आएका एक नेपाली युवाले आफ्नो ज्यान आफैं लिएका छन् । नागोयाको नागोया सि मा बस्दै आएका ती नेपाली युवाले आफ्नै कोठामा ज्यान लिएको स्रोतले जानकारी दिएको छ ।हाल मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगाएतको काम भइरहेको बुझिएको छ । विक थरका उनि कोभिड महामारिपछि हालैमात्र जापानको भाषा विद्यार्थीको रुपमा जापान अध्ययनका लागि आएका थिए ।मृतकको शव जुन ५ तारिख आइतबार बिहान कोठामा फेला परेको हो । घटनाको प्रकृति हेर्दा उनले आफैंले आफ्नो ज्यान लिएको देखिएको प्रहरीले बताएको स्रोतले जानकारी दिएको छ । नेपाल स्थित परिवारमा जानकारी गराउने क्रममा रहेकाले मृतक व्यक्तिको विवरण गोप्य राखिएको छ ।स्रोत :नेपारु न्युज

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?