Logo

आईसीसी विश्वकप लिग टु : नेपालले खेल्ने पाँचौ सिरिजको तालिका सार्वजनिक

Kailash Regmi
२०७९ जेठ १७ , मंगलबार १०:०५ मा प्रकाशित

आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले खेल्ने पाँचौ सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक सिरिजको तालिका सार्वजनिक गरेको हो । स्कटल्याण्डमा हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डबीच खेल हुनेछ । सिरिज जुलाई ११ देखी १७ सम्म हुनेछ ।
सिरिजको आफ्नो पहिलो खेलमा जुलाई ११ मा नेपालले नामिबियासँग खेल्नेछ । नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध जुलाई १७ मा प्रतिस्पर्धा गर्नेछ । लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ । लिग टु अन्तर्गतको आफ्नो चौथो सिरिज खेल्न नेपाली टोली अहिले अमेरिका भ्रमणमा रहेको छ । अमेरिकामा नेपालले घरेलु टोली र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्नेछ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?