Logo

म्यान सिटीलाई लगातार दोस्रो पटक प्रिमियर लिगको उपाधि

Kailash Regmi
२०७९ जेठ १३ , शुक्रबार ०४:०५ मा प्रकाशित

एजेन्सी । म्यानचेस्टर सिटीले लगातार दोस्रो पटक इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । सिजनको अन्तिम खेलमा गएराति एस्टन भिल्लामाथि ३–२ गोलको पुनरागमन जित निकाल्दै सिटी लिग च्याम्पियन बनेको हो ।घरेलु मैदानमा दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा ५ मिनेट भित्र ३ गोल फर्काएको थियो । ३७ औं मिनेटमा म्याटी क्यासले उत्कृष्ट हेडर गोल गर्दै पहिलो हाफमा एस्टन भिल्लालाई अग्रता दिलाएका थिए ।

६९औं मिनेटमा फिलिप्पे काउटिन्होले गोल गर्दा सिटी २–० ले पछि पर्यो । तर, ६८औं मिनेटमा मैदान प्रवेश गरेका इल्के गुन्डोगान सिटीको जितमा नायक बने । उनले ७६ औं मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ७८ औं मिनेटमा रोड्रीले गोल गर्दा खेल २–२ को बराबरीमा आयो । त्यसपछि ८१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–२ को जित दिलाए ।सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको हो । गएरातिकै खेलमा लिभरपुलले वोल्भरहेम्प्टनलाई तीन एक गोल अन्तरमा पराजित गर्‍यो । सिटी र लिभरपुलसँगै चेल्सी र टटनह्याम च्याम्पियन्स लिगमा छनौट भएका छन् ।आर्सनल र म्यानचेस्टर युनाइटेडले पाँचौ र छैठौ स्थानमा रहँदै लिग टुंग्याएका छन् । बर्नली, वाट्‍फोर्ट र नर्विच रेलिगेशनमा परेका छन् । जितसँगै सिटीले प्रिमियर लिगको उपाधि संख्या ८ पुर्‍याएको छ । यो सिजन नव प्रवेशी लिड्स युनाइटेड र ब्रेन्टफोर्ड भने प्रिमियर लिगमै सुरक्षित भएका छन् ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?