Logo

ईण्डियन प्रिमियर लिग (आईपीएल)लाई किन महत्व दिने ?

Kailash Regmi
२०७९ वैशाख २५ , आईतबार ०४:०५ मा प्रकाशित

भारतमा यतिबेला ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल चलिरहेको छ । भारतको फ्रेन्चाईज घरेलु लिगका समर्थक नेपाली पनि उत्तिकै छन् । अन्तराष्ट्रिय क्रिकेटमा अघि बढ्न संर्घष गरिरहेको नेपालबाट सन्दिप लामिछानेबाहेकले आईपीएल खेल्न सकेका छैनन् । पछिल्ला बर्षहरुमा अन्य नेपाली खेलाडीले पनि अक्सनका लागि नाम दर्ता गराएपनि मेगा अक्सन नपुग्दै बाहिरिने गरेका छन् । आईपीएलमा भारतीय खेलाडीकै बर्चश्व छ । त्यसबाहेक टेष्ट राष्ट्रका नाम चलेका खेलाडीले आईपीएल खेल्ने गरेका छन् । भारतीय क्रिकेट बोर्डको ठुलो आम्दानीको स्रोत समेत मानिएको यो लिगबाट उसले राम्रै रकम संकलन पनि गरिरहेको छ ।
तर छिमेकी मुलुक नेपालका खेलाडीले न त्यसमा सहभागीता जनाउन सकेका छन न त, त्यसको प्रत्यक्ष फाइदा नै लिन सकेका छन् । आईपीएल नेपाली क्रिकेटप्रेमीका लागि बिशुद्द मनोरञ्जनको माध्यम मात्र बनेको छ । पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानलाई दिएको एक्पोजरकै कारण उसले अन्तराष्ट्रिय क्रिकेटमा ठुलो फड्को मारिसकेको छ । नेपालले भने क्रिकेटमा विश्वका बलिया राष्ट्रकाबीचमा रहेरपनि त्यो एक्पोजर पाउन सकेको छैन् ।
नेपालमा पनि बर्षमा झण्डै आधा दर्जन फ्रेन्चाईज लिग हुने गरेका छन् । तर तीनै क्रिकेट समर्थकले घरेलु लिगलाई त्यत्ति महत्व दिएको पाइन्दैन् । चर्चित फ्रेन्चाइज लिगका रुपमा रहेको एभरेष्ट प्रिमियर लिगमा पनि केही विश्वचर्चित अनुहारको उपस्थिती हुने गरेको छ । तर प्रबिधी र गुणस्तरका कारण क्रिकेटप्रेमीको नजरमा त्यो पर्न सकेको छैन् । क्रिकेटप्रेमीहरुमा मात्र होइन आम नेपाली मिडियाहरुमा पनि आईपीएलले बलियो उपस्थिती जनाउने गरेको छ ।
बिशुद्द मनोरञ्जनबाहेक अन्य फाइदा नरहेपनि नेपाली मिडिया र क्रिकेट समर्थकमा आईपीएलको महत्व निक्कै ठुलो रहदै आएको छ ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?