Logo

नेपाल र जिम्बाब्वे एबीचको तेस्रो टी–ट्वान्टी क्रिकेट आज

Kailash Regmi
२०७९ वैशाख २१ , बुधबार ०३:०५ मा प्रकाशित

नेपाल र जिम्बाब्वे एबीचको तेस्रो टी–ट्वान्टी क्रिकेट आज हुँदैछ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेपछि सुरु हुनेछ । तीन म्याचको सिरिजमा भ्रमणकारी टोली एक शुन्यले अघि रहेको छ । पहिलो टी–ट्वान्टीमा जिम्बाब्वेले ६ विकेटको जित निकालेको थियो । दोस्रो खेल बर्षाका कारण नतिजाविहीन भएको थियो । नेपाली टोली, जिम्बाब्वेविरुद्व आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ । जिम्बाब्वे भने नेपाललाई हराउँदै सिरिज जित्ने दाउमा छ । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय सिरिजको तयारीस्वरुप नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेको ए टोलीसँग सिरिज खेलेको हो । टी–ट्वान्टी सिरिजपछि नेपाल र जिम्बाब्वे एबीच तीन म्याचको वन डे सिरिज हुनेछ ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?