Logo

इटहरीमा नेपाली कांग्रेसबाट हेमकर्ण पौडेलले पाए टिकट

Kailash Regmi
२०७९ वैशाख १२ , सोमबार ०८:०४ मा प्रकाशित

इटहरीमा नेपाली कांग्रेसबाट हेमकर्ण पौडेलले मेयरका लागि टिकट पाएका छन् ।नेपाली कांग्रेस इटहरीका सभापति समेत रहेका उनलाई आज (सोमबार) विराटनगरमा बसेको बैठकले मेयरका लागि अगाडि सारेको हो ।नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज (सोमबार) बिहान भएको छलफल उनलाई टिकट दिने निर्णय भएको हो ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले भागबण्डाका आधारमा इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टीलाई उपमेयर दिने निर्णय गरेको छ । उपमेयरमा एकीकृत समाजवादीले केशवकुमार विष्टलाई उमेद्वार बनाउने निर्णय गरेको छ ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?