Logo

ब्राइटनलाई हराउँदै सिटी शीर्ष स्थानमा फर्कियो

Kailash Regmi
२०७९ वैशाख ८ , बिहीबार ०३:०४ मा प्रकाशित

एजेन्सी । म्यानचेष्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । गएराती ब्राइटन एण्ड होभ एल्बियनलाई ३–० ले हराउँदै सिटीले शीर्ष स्थानमा एक अंकको अग्रता लिएको हो । घरेलु मैदानमा रियाद महारेज, फिल फोडेन र बर्नाण्डो सिल्भाले गोल गर्दै सिटीलाई सहज जित दिलाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले सबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । ३२ खेलबाट ७७ अंक जोडेको सिटी दोस्रो स्थानको लिभरपुलभन्दा एक अंकले अघि छ ।
गएरातीका अन्य खेलहरुमा आर्सनलले चेल्सीलाई तथा न्यु क्यासलले क्रिष्टल प्यालेसलाई पराजित गरे । आर्सनलले चेल्सीलाई उसैको मैदानमा ४–२ गोल अन्तरले पराजित गर्यो । यो जितसँगै आर्सनलले चौथो स्थानको टटनह्यामसँग अंक बराबरी गरेको छ । ३२ खेलबाट आर्सनलको ५७ अंक भएको छ । हारका बाबजुत चेल्सी ६२ अंकमा तालिकाको तेस्रो स्थानका कायम छ । गएराती नै भएको लेष्टर सिटी र एभर्टनबीचको खेल भने एक एक गोलको बराबरीमा सकिएको छ ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?