Logo

‘के छ मसँग’ मा अमृत र नग्माको रोमान्स(भिडियो सहित )

Kailash Regmi
२०७९ वैशाख ६ , मंगलबार ०८:०४ मा प्रकाशित

गायक विश्राम रायमाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायक रायमाझीकै शब्द तथा संगीत छ, भने एरेन्ज मुस्कान मुकारुङको रहेको छ ।गीतको भिडियो किरण क्रियसनले निर्माण गरेको छ ।

अमृत गुरुङ र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ । एक जोडी प्रेमी-प्रेमीकाको कथा बुनिएको भिडियो टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । अमृत शाही ठकुरीको कोरियोग्राफी, अजय रेग्मीको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक टेकेन्द्र शाह आफैले गरेका छन् ।कार्यक्रममा गायक दिनेश बान्तवा, गीतकार विपिन किरण लगायतले गीतको सफलताका लागि शुभकामना दिएका थिए । गीतको शब्द, संगीत, स्वरका अलवा भिडियोमा पनि धेरै मिहिनेतका साथ तयार गरिएकोले गीत र भिडियो दुबै श्रोता तथा दर्शकले रुचाउने विश्वास आफुले लिएको गायक विश्राम रायमाझीले बताए ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?