Logo

सेभियालाई हराएको बार्सा दोस्रो स्थानमा

Kailash Regmi
२०७८ चैत्र २१ , सोमबार ०१:०४ मा प्रकाशित

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । २९ औं चरणको खेलमा गएराती सेभियालाई १–० ले हराउँदै बार्सा तालिकाको दोस्रो स्थानमा पुगेको हो । यो जितले बार्सालाई उपाधि होडमा फर्काएको छ । यद्यपी उ शीर्ष स्थानको रियल मड्रिडभन्दा १२ अंकले पछि छ । घरेलु मैदानमा उसलाई जिताउन पेड्रो गोन्जालेजले निर्णायक गोल गरे । उनले खेलको ७२ औं मिनेटमा गोल गरेका थिए । बल पोजिशनमा समेत पकड बनाएको बार्साका थप अवसर भने खेर गएका थिए । यसअघि खेलको पहिलो हाफमा सेभियाले पेनाल्टिमा गोल गर्न नसक्दा अग्रता लिन चुकेको थियो । एन्थोनी मासिंयलको प्रहार बार्साका गोलरक्षकले बचाएका थिए । गएराती नै एथ्लेटिको बिल्वाओले ईल्चेलाई २–१ ले तथा रियल बेटिसले ओसासुनालाई ४–१ ले पराजित गरे । अन्य २ खेल भने बराबरीमा सकिएका छन् । ग्रानाडा र रायो भल्कानोले दुई दुई गोलको बराबरी खेल्दा भ्यालेन्सीया र काडिजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?