नेपालले बैसाखमा जिम्बाबेको लिष्ट ए टोलीसँग वन डे र टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने सिरिज किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार नेपाल र जिम्बाबेबीच तीन म्याचको एकदिवसीय र समान खेलको टी–ट्वान्टी सिरिज हुनेछ । नेपाल, पीएनजी र मलेसीयाबीचको त्रिदेशीय सिरिज समापनका अवसरमा क्यान अध्यक्ष चन्दले सिरिजबारे जानकारी दिएका हुन् । टेष्ट राष्ट्र जिम्बाबेको टोलीमा सिनियर टोलीका खेलाडी पनि समाबेश हुनेछन् । यसअघि नेपालले सिंगापुरमा जिम्बाबे, नेपाल र सिंगापुर सम्मिलित टी–ट्वान्टी सिरिज खेलेको थियो ।
आईसीसी विश्वकप लिग टुको आसन्न सिरिजको तयारीका लागि नेपालले घरेलु मैदानमा अर्को सिरिज खेल्न लागेको हो । केहि दिनमै सिरिजको तालिका सार्वजनिक गर्ने अध्यक्ष चन्दले बताए ।