Logo

दिपेन्द्र प्लेयर अफ दि सिरिज, करण बेष्ट बलर

Kailash Regmi
२०७८ चैत्र २१ , सोमबार १०:०४ मा प्रकाशित

नेपाली क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्र सिंह ऐरी त्रिदेशीय टी–ट्वान्टी सिरिजको प्लेयर अफ दि सिरिज घोषित भएका छन् । नेपाललाई सिरिजको उपाधि दिलाउन उत्कृष्ट भुमिका निभाएका दिपेन्द्र प्रतियोगीताकै सर्बोत्कृष्ट खेलाडी बनेका हुन् ।

यसै सिरिजमार्फ टी–ट्वान्टीतर्फ एक हजार रन पुरा गरेका दिपेन्द्रले मलेसीयाविरुद्वको खेलमा शतक बनाएका थिए । उनले ट्रफि सहित ५ सय डलर पुरस्कार पाए । त्यस्तै दिपेन्द्र आजको खेलको म्यान अफ दि म्याच समेत घोषित भए । त्यसबापत थप १ सय ५० डलर प्राप्त गरे ।

सिरिजको बेष्ट बलर नेपालकै करण केसी भए । पीएनजीका टोनी उरा सिरिजको उत्कृष्ट ब्याट्सम्यान बने । लिग चरणमा अपराजित रहेको नेपालले फाइनलमा पीएनजीलाई ५० रनले हराएर उपाधि जितेको हो । सन्दिप लामिछानेको कप्तानीमा नेपालले पहिलो सिरिजको उपाधि जितेको हो ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?