Logo

त्रिदेशीय टी–ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

Kailash Regmi
२०७८ चैत्र २१ , सोमबार ०१:०४ मा प्रकाशित

त्रिदेशीय टि–ट्वान्टी सिरिजको उपाधिका लागि नेपालले आज पपुवा न्युगिनी पीएनजीसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको हो । पीएनजीले भने लिगका चार खेलमा मात्र एक खेल जितेको थियो । मलेसिया र पीएनजीले एक एक खेल जिते पनि रनरेटका आधारमा पीएनजीले तालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो । सिरिजमा लगातार चार खेल जितेको नेपाल फाइनल खेलमा पनि विजयी यात्रालाई निरन्तरता दिने दाउमा छ । पीएनजीलाई हराएमा नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि हात पार्नेछ । यता पीएनजी भने नेपालसँग लिग चरणमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?