Logo

अपराजित रहँदै नेपालले जित्यो त्रिदेशीय टी–ट्वान्टी सिरिजको उपाधि

Kailash Regmi
२०७८ चैत्र २१ , सोमबार १०:०४ मा प्रकाशित

नेपालले घरेलु मैदानमा आयोजित त्रिदेशीय टी–ट्वान्टी सिरिजको उपाधि जितेको छ । आज भएको फाइनलमा पपुवा न्यु गिनी पीएनजीलाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको हो । सन्दिप लामिछानेको कप्तानीमा नेपालले पहिलो सिरिजको उपाधि जितेको हो । योसँगै नेपालले एकदिवसीय सिरिजमा पीएनजीसँग भोगेको हारको बदला समेत लिएको छ ।
जितका लागि १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ दशमलव १ ओभरमा १ सय १८ रनमा समेटियो । सेसे बाउले सर्बाधिक ५९ रन बनाएको पीएनजीको ईनिङसमा चाल्र्स अमिनीले १५ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका दिपेन्द्रसिंह ऐरीले सर्बाधिक ४ विकेट लिए । करण केसीले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए ।
यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको मध्यम योगफल तयार पारेको थियो । नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले अबिजित रहँदै सर्बाधिक ५४ रनको योगदान गरे । बिष्फोटक ब्याटिङ गरेका करण केसी ३३ रनमा नटआउट रहे । आसिफ शेखले २९,कुशल भुर्तेलले २५ र आदिल आलमले १५ रन बनाए ।
पीएनजीका सेमो कामियाले ३ तथा चाद सोपर,काबुआ मोरिया र रिले हेकुरेले एक एक विकेट लिए । सिरिजमा नेपाल, पीएनजी र मलेसीया सहभागी थिए । यसअघि भएको एकदिवसीय सिरिज भने नेपालले २–० ले गुमाएको थियो ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?