Logo

यूएईद्वारा नेपालसामु २ सय ३ रनको चुनौती

Kailash Regmi
२०७८ चैत्र ७ , सोमबार ०९:०३ मा प्रकाशित

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा यूएईले नेपालसामु २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ९ विकेट गुमाएर २ सय २ रनको योगफल तयार पारेको हो । रोहन मुस्तफाले सर्बाधिक ६० रन बनाएको यूएईको ईनिङसमा महम्मद वासिमले ३३, चिराग सुरीले २६ र वृत्य अरबिन्दले २४ रन बनाए । बासिल हमिदले १७ र एलिसान सराफुलले २१ रन जोडे ।
नेपालका सन्दिप लामिछानेले ३ तथा करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । दिपेन्द्रसिंह ऐरी र आरिफ शेखको नाममा एक एक विकेट रह्यो । पहिलो खेलमा यूएईले नेपाललाई ४८ रनले हराएको थियो । नेपाललाई आज सो हारको बदला लिने अवसर समेत रहेको छ ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?