Logo

पपुवा न्यु गिनीविरुद्व नेपालको कठिन जित

Kailash Regmi
२०७८ चैत्र २ , बुधबार १२:०३ मा प्रकाशित

आईसीसी विश्वकप लिग टु क्रिकेट अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी पीएनजीविरुद्व नेपालले २ विकेटको कठिन जित निकालेको छ । कमजोर सुरुवात गरेको नेपालको ईनिङस मध्य र पछिल्ला क्रमका ब्याट्सम्यानले उकास्दै जित दिलाएका हुन् । पीएनजीले २ सय ५ रनको सामान्य चुनौती नेपालले ४ बल बाँकी छँदा ८ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा रोहित कुमार पौडेलले सर्बाधिक ५८ रनको योगदान गरे । आरिफ शेखले ५३ र आसिफ शेखले १६ रन बनाए । करण केसी ३३ रनमा अबिजित रहँदै नेपाललाई लक्ष्यसम्म पुर्याए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । माथिल्लो क्रमका कुशल भुर्तेल १, ज्ञानेन्द् मल्ल ४, दिपेन्द्रसिंह ऐरी ८ रन बनाएर पभेलियन फर्किपछि संकटमा परेको नेपालको ईनिङस रोहित र आरिफले सम्हालेका थिए । उनीहरुले पाँचौ विकेटका लागि १ सय २ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । रोहित ५८ रनको ब्यक्तिगत स्कोरमा आउट भएपछि आरिफलाई बिनोद भण्डारीले साथ दिएका थिए । भण्डारीले १२ रन जोडे ।  पीएनजीका जनेमान भानुवा, एल्ई नाओ र रिले हेकुरेले समान २ तथा चाड सोपर र असद भालाले समान एक विकेट लिए ।
यसअघि यूएईको सारजाहस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको पीएनजीले ८ विकेट गुमाएर २ सय ४ रनको योगफल तयार पारेको थियो । चार्ल्स अमिनीले ५९ रन बनाएको उसको ईनिङसमा चाद सोपरले ३५, टोनी उराले २७, लेगा सियकाले २५ रन बनाए । नोरमान भानुले २३ असद भालाले १९ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान एक विकेट लिए । एकदिवसीय क्रिकेटमा ज्ञानेन्द्रको यो पहिलो विकेट समेत हो ।
सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार घरेलु टोली युएईको सामना गर्नेछ ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?