Logo

गैंडाकोटमा बयान सकिएपछि पल शाहलाई दमौलीमै पठाइयो

Kailash Regmi
२०७८ चैत्र १ , मंगलबार १२:०३ मा प्रकाशित

बालगायिकामाथि जबरजस्ती क रणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली पठाइएको छ ।जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको गैंडाकोटका डिएसपी दिलीप गिरीले जानकारी दिए। पी डित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुर प्रहरीपनि शाहविरूद्ध जबरजस्ती क रणीको जाहेरी दिएका थिए।

गायिकाको उजुरीपछि गत फागुन १५ गते तनुहँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई केही दिनअघि गैंडाकोट ल्याइएको थियो । जिल्ला अदालत तनहुँले अभियुक्त शाहलाई चैत ४ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।यसअघि शाहले गैंडाकोटमा बयान दिँदा आफूले जबरजस्ती क रणी नगरेको दावी गरेका थिए।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?