Logo

इपी ल्याण्ड एण्ड वाटरपार्कमा होली विशेष कार्यक्रम हुने

Kailash Regmi
२०७८ चैत्र १ , मंगलबार ०८:०३ मा प्रकाशित

सुनसरीको इटहरीमा देशकै ठूलो इपी ल्याण्ड एण्ड वाटरपार्कमा होली विशेष कार्यक्रम हुने भएको छ । होलीको अवसर पारेर चर्चित गायक भी-टेनले इटहरीमा कन्सर्ट गर्न लागेका हुन् । यहि चैत्र ४ गते होलीको दिन उक्त कार्यक्रम हुन लागेको हो ।शुक्रबार ११ बजे देखि चर्चित र्यापर भी-१० सहित डीजे बिधानले पनि उक्त कार्यक्रममा नचाउने तयारी रहेको इपी ल्याण्ड एण्ड वाटरपार्ककि निर्देशक बिनिता पौडेलले जानकारी दिईन । कार्यक्रमको टिकट दर रु ६ सय र १ हजार रहेको छ ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?