झापा । झापा गोल्डकपको फाइनल खेलमा आज सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्न चाहन्छ ।
झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो ।