Logo

रुसमा फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध

admin
२०७८ फागुन २१ , शनिबार ०३:०३ मा प्रकाशित

२१ फागुन, रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।

रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको जनाएको थियो ।

रुसमा युट्युब, ट्वीटर र फेसबुक सबैभन्दा चर्चित सामाजिक सन्जाल हुन् । यहाँका लाखौं मानिसहरु यी सामाजिक सन्जालमा जोडिएर सूचना आदान प्रदान गर्दछन् ।

मिडिया नियामकको वेबसाइटमा पोष्ट गरिएको एक सूचना अनुसार २४ फेब्रुअरीमा सरकारले गरेको निर्णयअनुसार रुसले ट्वीटरमा सीमित पहुँच गरिदिएको छ । रुसले युक्रेनमा २४ फेब्रुअरीदेखि नै आक्रमण सुरु गरेको थियो ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?