Logo

झापा गोल्डकप आज सुरु हुँदै, उद्घाटन खेल ललितपुरे डर्बीमा

Kailash Regmi
२०७८ फागुन २१ , शनिबार ०७:०३ मा प्रकाशित

झापा गोल्डकपको पाँचौ संस्करण आज सुरु हुँदैछ । मोफसलको प्रतिष्ठित गोल्डकप मध्येको झापा गोल्डकपको पाँचौं संस्करणको उद्घाटन पुर्बप्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । बिर्ताबजारस्थित डोमालाल रंगशालामा हुने प्रतियोगीताको उद्घाटन खेल ललितपुरे डर्बीको हुनेछ । दिउँसो २ बजे सातदोबाटो र जाबलाखेल युथ क्लब प्रतियोगीताको पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेताले क्वाटरफाइनलमा विभागीय टोली एपीएफलाई प्रतिस्पर्धीका रुपमा पाउनेछ ।
कोरोना महामारीले दुई वर्ष रोकिएको प्रतियोगीता यसबर्ष भने सुरु हुन लागेको हो । गोल्डकपमा २ विदेशीसहित १० टोली सहभागी छन् । झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार पाउनेछन् । उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद नौ हजार ९९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । गोल्डकपको समापन कांग्रेस नेता कृष्ण सिटौलाले गर्ने आयोजकले बताएको छ ।

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?