Logo

शानदार जितसंगै पिएसजी शीर्ष स्थानमा

न्युजडेस्क
२०७७ कात्तिक १ , शनिबार ०८:१० मा प्रकाशित

एजेन्सी । पेरिस सेन्ट जर्मेन पीएसजी फ्रान्सेली लिग वानको शीर्ष स्थानमा पुगेको छ । गएराती भएको खेलमा १० खेलाडीमा सिमित निम्सलाई ४–० को फराकिलो अन्तरले हराउदै पीएसजी १५ अंकमा तालिकाको शीर्ष स्थानमा पुगेको हो । खेलको १२ औं मिनेटमा लोइक लान्ड्रे रातो कार्ड खादै मैदान बाहिरिएपछि निम्स सुरुवातमै १० खेलाडीमा सिमित बनेको थियो ।
३२ औं मिनेटमा एम्बाप्पेले पीएसजीका लागि खाता खोलेका थिए । ७७ औ मिनेटमा एलेसेन्ड्रो फलोरेन्जीले टोलीको अग्रता दोब्बर पारेका थिए । एम्बाप्पले ८३ औं र ८८ औ मिनेटमा पाब्लो सरबियाले गोल गरेपछि पिएसजी शानदर जित निकाल्न सफल बन्यो ।
पीएसजीको ७ खेलबाट १५ अंक भएको छ । गएराती नै रेन्नेस डिजोनसंग एक एकको बराबरीमा रोकिएको थियो । ७ खेलबाट रेन्नेसको समान १५ अंक भएपनि गोल अन्तरमा पछि रहदै उ पछि पर्दै दोस्रो स्थानमा झरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?