Logo

बलात्कारबिरुद्ध इटहरीमा प्रदर्शन

न्युजडेस्क
२०७७ असोज ३० , शुक्रबार ०८:१० मा प्रकाशित

इटहरी : पछिल्लो समय नेपालमा बलात्कारका घटना बढिरहेकाले यसको न्यूनीकरणका लागि इटहरीमा प्रदर्शन गरिएको छ ।

इटहरीको मुख्य चौकमा शुक्रबार बलात्कार बिरुद्ध प्रदर्शन गरिएको हो । इटहरीको पूर्व लाइनमा भेला भएका १ सय बढी युवतीहरुले शुक्रबार कालो कपडा लगाई टाउकोमा कालो पट्टी लगाएर बलात्कार बिरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले बलात्कारीलाई हदै सम्मको कारबाहीको माग राख्दै ‘म असुरक्षित, म नारी’, ‘स्टप रेप’, ‘मेरो लूगा छोटो होइन, तिम्रो सोच छोटो’, ‘छोरीको इज्जत माथि खेलवाड नगर’, ‘सरकार बलात्कारीलाई सजाय देउ’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

अभियानकर्ता संगिना राईले कोरोनाको संक्रमण भन्दा पनि बलात्कारको संख्या उच्च रहेको औल्याईँन् ।

उनले भनिन्, ‘कोरोनाको संक्रमण भन्दा पनि बलात्कार ज्यादा भईरहेको र यो गतिविधि नहोस् भन्ने उदेश्यले हामीले यो अभियान चलाएका हौँ ।’

बलात्कारीलाई कडा र भिन्न प्रकारको कारबाही हुनुपर्ने आँफूहरुको माग रहेको उनले बताईन् । ‘सोच बदलेमा बलात्कारका घटना निर्मूल हुन्छन् भन्ने हाम्रो बुझाई रहेको छ, अहिले सहर बजारमा राम्रोसँग हिड्ने वातावतरण पनि छैन,’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?