Logo

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

न्युजडेस्क
२०७७ असोज २९ , बिहीबार ०८:१० मा प्रकाशित

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सावधानी र सतर्कता कायमै राखेको अवस्थामा बुधबार सामान्य टाउको दुखेपछि गरिएको पीसीआर रिपोट पोजेटिभ आएको उनले जानकारी दिए ।

साथै अध्यक्ष थापाले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?