Logo

नेयमारको ह्याट्रिकमा ब्राजिलको जित

कैलाश
२०७७ असोज २८ , बुधबार १०:१० मा प्रकाशित

एजेन्सी । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पेरुलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । पेरुको मैदानमा नेयमारको ह्याट्रिकमा ब्राजिलले जित निकालेको हो । खेलमा अग्रता भने पाँचौ मिनेटमा आन्द्रे कारिल्लोको गोलमा पेरुले लिएको थियो । २८ औ मिनेटमा नेयमारले पेनाल्टिमा गोल गर्दै ब्राजिललाई बराबरीमा पुर्याएका थिए । ५९ औ मिनेटमा रेनाटो टापियाले गोल गर्दै पेरुलाई दोस्रो पटक अग्रता दिलाए । ६४ औ मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई बराबरीमा पुर्याएका थिए । ८३ औ मिनेटमा पाएको पेनाल्टिको अपसलाई नेयमारले जाली चुमाउदै टोलीलाई ३–२ को अवस्थामा पुर्याए । ईन्ज्युरी समयमा अर्को गोल थप्दै नेयमारले ह्याट्रिकसंगै टोलीलाई महत्वपुर्ण अंक दिलाए ।
अर्को खेलमा चीली र कोलम्बियाले २–२ को बराबरी खेलेका छन् । अन्तिम समय सम्हालिन नसक्दा चीली अंक बाड्न बाध्य भयो । चिलीका अतुरो भिडाल र एलेक्सीस सान्चेजले गोल गरेका थिए । कोलम्बियाका जेफर्सन लिर्मा र राडामेल फाल्काओले गोल गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
नेयमार
लोकप्रिय छुटाउनुभयो कि ?