Logo

नेसन्स लिगमा ईङल्याण्डले बेल्जियमलाई हरायो

न्युजडेस्क
२०७७ असोज २६ , सोमबार १०:१० मा प्रकाशित

एजेन्सी । नेसन्स लिग फुटबलमा ईङल्याण्डले बेल्जियमलाई हराएको छ । बेम्ली स्टेडियममा भएको खेलमा घरेलु टोलीले २–१ को जित हात पारेको हो । उसको जितमा मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । खेलमा अग्रता भने १६ औ मिनेटमा लुकाकुको गोलमा बेल्जियमले लिएको थियो । पेनाल्टिमा गोल गर्दै उनले बेल्जियमलाई अग्रता दिलाएका थिए । रासफोर्डले ३९ औ मिनेट पेनाल्टिमार्फत नै गोल गर्दै टोलीलाई बराबरीमा ल्याए । ६४ औ मिनेटमा माउन्टले अर्को गोल गर्दै टोलीको जित निश्चित पारे ।
जितसंगै ईङल्याण्ड ३ खेलबाट ७ अंकसंगै समुह बीको शीर्ष स्थानमा उक्लिएको छ । अर्को खेलमा क्रोएसियाले स्विडेनलाई समान २–१ ले स्तब्ध पार्यो । नर्बेले रोमानियालाई ४–० ले हराउदा फिनल्याण्डले बुल्गेरियालाई तथा ग्रीसले माल्डोभालाई समान २–० ले हराए । अष्ट्रियाले नर्दन आयरल्याण्डलाई १–० ले, चेक रिपब्लिकले ईजरेललाई २–१ ले तथा हंगेरीले सर्बियालाई १–० ले पराजित गरे । गएरातीका ९ खेल भने बराबरीमा सकिएका थिए ।
फ्रान्स र पोर्चुगल, नेदरल्याण्ड्स र बोस्नीया हर्ज गोभिना, काजाकिस्तान र अल्बानिया तथा वेल्स र आयरल्याण्डले गोलरहित बराबरीको नतिजा निकाले ।
आर्मेनिया र जर्जिया तथा बेलारुस र लिथुनियाले २–२ को बराबरी खेल्दै अंक बाँडे । रुस र टर्किले एक एकको बराबरीको नतिजा निकाले ।
ईष्टोनिया र नर्थ म्यासेडोनियाले ३–३ को बराबरी खेलेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
नेसन्स लिग
लोकप्रिय छुटाउनुभयो कि ?