Logo

परदेशी -कविता

न्युजडेस्क
२०७७ असोज २३ , शुक्रबार ०४:१० मा प्रकाशित

प्रविन अधिकारी
बा आज म खाडी आए
तिम्रा मकै टोक्ने दात खोज्न
अनि आमा को मकै पोल्दा
दुलो परे को सारी टाल्न

आमा जाडो आएछ
यसपाली चै तिम्रो मजेत्रो फेर है
घर छेउ को पहिरो अब
कोठेबारी मा सरि सको
बा म धेरै पैसा पठाउला
यसपाली चै बसाई सरम है

परदेश मा पैसा को ठुलो
हावा आउछ भनेर परदेश आछु
तर दशैँ मा मेरी दुधे छोरी
को पेट भर्न सक्दिन
निदार कसरि भरुम

तिओ संसार पखाल्न
सक्ने झरना अनि नदि
छाडेर आज तातो घाममा
आफ्ना पसिना को समुन्द्र
बनाउदै छु

तिओ लालिगुरास को सुगंदा
लिदै हिमाल को फेद मा
चौरी चरौन छाडेर
आज मरुभूमि मा
ढले को छु

आमा तिम्लाई झल् झली
याद छ परदेश मा
कान्छा काका रातो बकाश
मा तिओ भरि आफै
भरिएर आका

म आर्को दशैँ मा
फर्कन्छु
मेरी छोरी को
पेट र दशैँ मा निदार
मा अडिने चामल किनेर

आमा तिम्रा हसिया
का डोब हरु मेट्ने
अनि बा का हत्केला
मा हलो जोत्दा बसे
को अनोउ का डोबको
औसधी किनेर फर्कन्छु
आमा परदेश बाट

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?