Logo

बैङलोरद्धारा हैदरावादसामु १ सय ६४ रनको चुनौती

कैलाश
२०७७ असोज ५ , सोमबार ०९:०९ मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैङलोरले सनराईजर्स हैदरावादसामु १ सय ६४ रनको चुनौती प्रस्तुत गरेको छ । दुबई ईन्टरनेशनल क्रिकेट मैदानमा टस जितेको हैदरावादले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बैङलोरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रनको योगफल तयार पारेको हो । देवदत्त पाडीकालले सर्बाधिक ५६ रन बनाएको ईनिङसमा एबी डिबिलियर्सले ५१ रन बनाए । एरोन फिन्चले २९ र कप्तान बिराट कोहलीले १४ रन जोडे ।
हैदराबादका अबिशेक शर्मा, बिजय शंकर र टि नटराजले समान एक विकेट लिए । डिभिलियर्स रनआउट भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
आईपीएल
लोकप्रिय छुटाउनुभयो कि ?