Logo

जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु

न्युजडेस्क
२०७७ असोज ४ , आईतबार ०९:०९ मा प्रकाशित

कोरोनाको महामारी बिच जनचेतनामुलक कार्यक्रम गदै इटहरीमा रहेका विभिन्न जेसिजहरुले साइकल यात्रा गरेको छ । जेसिज सप्ताहको सरुवात भएसंगै पहिलो दिन साइकल यात्रा गरिएको हो । औपचारीक कार्यक्रमा समापन भएसंगै इटहरीका बिभिन्न ठाउँ भेटघाट चोक, तालतलैया, तरहरा र हलगडा हुँदै पुनः वीपी चोकमा आएर समापन भएको थियो । कार्यक्रममा इटहरीमा रहेका विभिन्न जेसिसका प्रमुख तथा पदाधिकारीहरुले साइकल यात्रा गरेर विभिन्न ठाउँमा जनचेतनामुलक पर्चा टाँसेर साइकल यात्रा गरेका थिए । कोरोना संक्रमणको समयमा सम्यम भएर पसल तथा व्यापार व्यवसाय सञ्चालन गर्न अनुरोध गर्दै जेसिजले साइकल यात्रा गरेको हो । यात्राका क्रममा इटहरीका विभिन्न चोकमा कोरोना संक्रमणबाट बच्न नियमीत साबुन पानीले हात धुन, बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न तथा स्यानिटाइजरको नियमीत प्रयोग गर्न इटहरी जेसिज अध्यक्ष माधब भट्टराईले जानकारी दिएका छन् । कोरोना कहरका बिच स्वास्थ्य सामाग्री प्रयोग गरेर आफ्नो व्यापार ब्यबसाय सञ्चालन गदै सुरक्षाका उपाय अपनाउन समेत इटहरी जेसिजले अनुरोध गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?