Logo

आईपीएलमा आज दिल्ली र पञ्जाव भिड्दै

कैलाश
२०७७ असोज ४ , आईतबार १०:०९ मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र किंग्स एलाभेन पञ्जाव प्रतिस्पर्धामा उत्रदैछन् । दुबई ईन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समयानुसार राती पौने ८ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । दिल्ली श्रेयस ऐर र पञ्जाव लोकेश राहुलको कमानीमा मैदान उत्रनेछन् । पछिल्ला ५ भेटमा पञ्जावले ४ जित हात पारेको छ, दिल्ली भने १ खेलमा मात्र विजयी भएको छ । पञ्जावबिरुद्धको पछिल्लो खेलमा दिल्लीले ५ विकेटको जित निकालेको थियो । अघिल्लो सिजनको खेलमा सन्दिप लामिछानेले ३ विकेट लिएको खेलमा दिल्ली विजयी भएको हो । सो खेलमा नेपाली लेगस्पिनर सन्दिपले लोकेश राहुल, क्रिस गेल र साम कुरानको विकेट लिएका थिए ।
आजको खेलमा उनले मौका पाउने संभावना न्युन रहेको छ । हिजोमात्र ६ दिनको क्वारेन्टीन बसाईपछि टोलीमा सामेल भएका सन्दिप औपचारिक अभ्यासमा बस्न पाएका छैन्न । तर क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशन गरी फर्किएका उनी उत्कृष्ट लयमा रहेकाले मैदान उत्रने संभावना भने जिवितै छ । टोलीमा रहेका अष्ट्रेलियन खेलाडी उपलब्ध नभएका कारण पनि सन्दिपको संभावना कायमै रहेको हो ।
यसअघि हिजो भएको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले मुम्बई ईण्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
आईपीएल
लोकप्रिय छुटाउनुभयो कि ?