Logo

मुम्बईद्धारा चेन्नईसामु १ सय ६३ रनको चुनौती

कैलाश
२०७७ असोज ३ , शनिबार १०:०९ मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उद्घाटन खेलमा मुम्बई ईण्डियन्सले चेन्नई सुपर किंग्ससामु १ सय ६३ रनको चुनौती प्रस्तुत गरेको छ । युएईको आबुदाबीस्थित शेख जेयाद अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रनको योगफल तयार पारेको हो ।
सौरभ तिवारीले सर्बाधिक ४२ रन बनाएको मुम्बईको ईनिङसमा क्विन्टन डि ककले ३३ र कायरन पोलार्डले १८ रन बनाए । सुर्यकुमार यादवले १७, हार्दिक पाण्डेयाले १४ र रोहित शर्माले १२ रन जोडे ।
चेन्नईका लुंगी निग्दीले ३,रबिन्द्र जडेजा र दिपक चहारले समान २ तथा पियुस चावला, र साम कुरानले समान एक विकेट लिए ।
१ सय ६३ रनको मध्यम चुनौती सहित चेन्नईले केहिबेरमा जवाफि ब्याटिङ सुरु गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?