Logo

आईपिएलको १३ औ संस्करण आज सुरु हुदै

न्युजडेस्क
२०७७ असोज ३ , शनिबार १०:०९ मा प्रकाशित

एजेन्सी । ईण्डिण्न प्रिमियर लिग क्रिकेट आईपीएलको १३ औ संस्करण आज सुरु हुदैछ । युएईमा हुने प्रतियोगीताको उद्घाटन खेलमा अघिल्लो सिजनका फाईनलिष्ट २ टोली मुम्बई ईण्डियन्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल आबुदाबीस्थित शेख जेयाद अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राती पौने ८ बजे सुरु हुनेछ । मुम्बई रोहित शर्मा र चेन्नई महेन्द्रसिंह धोनीको कमानीमा मैदान उत्रनेछन् । उद्घाटन खेलमा चेन्नईलाई अघिल्लो संस्करणको फाईनलमा भोगेको हारको बदला लिने अवसर समेत मिलेको छ । मुम्बई भने चेन्नईबिरुद्धको जितको श्रृखला नयाँ सिजनमा पनि कायम राख्न चाहान्छ ।
यो सिजन चेन्नईले टोलीका मुख्य सदस्यहरु सुरेश रैना र हरभजन सिंहलाई गुमाउने छ । व्यक्तिगत कारण दुबैले यो संस्करण नखेल्ने बताईसकेका छन् । यद्यपी आम्बाती रायडु, ड्वायन ब्राभो, साम कुरान, रबिन्द्र जडेजा, केदार जादव जस्ता खेलाडीको साथले उसलाई उत्साहित बनाएको छ ।
मुम्बईमा कप्तान शर्मासंगै क्विन्टन डि कक, हार्दिक पाण्ड्ेया, क्रिस लियोन, क्रुनल पाण्डेया, कायरन पोलार्ड तथा सुर्यकुमार यादव मुख्य खेलाडीका रुपमा रहेका छन् ।
चेन्नईबिरुद्ध मुम्बई पछिल्ला ५ खेलमा अपराजित रहेको छ । आईपीएलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेआबद्ध दिल्ली क्यापिटल्सले भोली किंग्स एलाभेन पञ्जावसंग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?