Logo

मेस्सीको २ गोलमा बार्साको सहज जित

कैलाश
२०७७ असोज १ , बिहीबार ०९:०९ मा प्रकाशित

एजेन्सी । प्रिसिजनको मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेको छ । कप्तान लियोनल मेस्सीको २ गोलमा बार्साले गएराती जेरोनालाई ३–१ ले स्तब्ध पारेको हो । जोहान क्रुफ स्टेडियममा भएको खेलमा फिलिप्पे कौटिन्होले अर्को गोल थपेका थिए ।
जेरोनाका सामुअल साइजले सान्त्वना गोल फर्काए । कौटिन्होले २१ औ मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा उनकै एसिस्टमा मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको पहिलो मिनेटमै साइजले गोल गर्दै जेरोनालाई २–१ को अवस्थामा पुर्याए । ५१औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गरेपछि बार्सिलोना ३–१ गोलको जित निकाल्न सफल बन्यो ।
प्रि सिजनको मैत्रीवपुर्ण खेलमा बार्साको यो लगातार दोस्रो जित हो । यसअघि जिम्नास्टिकसँगको मैत्रीपूर्ण खेलमा पनि बार्सिलोनाले समान ३–१ को जित निकालेको थियो । बार्सिलोनाले सेप्टेम्बर २७ मा भियारियलसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
मेस्सी
लोकप्रिय छुटाउनुभयो कि ?