Logo

मकरधन सामुदायिक भवन निर्माण शिलान्यास उद्घाटन

न्युजडेस्क
२०७७ असोज १ , बिहीबार ११:०९ मा प्रकाशित

सहदेव कार्की ,मोरङ्ग
शुक्रवारे चौकमा सामुदायिक मानब कार्यको निम्ती एउटा आधुनिक भवन बन्ने भएर एक विशेष कार्यक्रम साथ स्वस्ती शान्ती बाचन गरि शिल्यान्यासबद्ध निमार्ण उद्घाटन् भएको छ ।मोरङ्गको सुन्दरहरैचा न.पा. वडा नं.–११, स्थित शुक्रवारे चौकमा भाद्र २४ बुधवार स्थानिय जनसमुदायको कार्य निम्ती एउटा आधुनिक सामुदायिक भवन निर्माण शिल्यान्यास कार्य उद्घाटन भएको हो । प्रदेश १, क्षेत्र नं.३, ख– का साम्सद माननीय राजकुमार ओझाको प्रमुख आतिथ्य, नगरप्रमुख शिव प्रसाद ढकाल, उप–प्रमुख धनमाया तामाङ्गको बिशिष्ट आतिथ्य संगै १ नं.–प्रदेश शहरि बिकाश योजनाका डि.ई. रामसुवरण चौधरी, नेकपा मोरङ्ग जिल्ला समन्वय समिति सदस्य बिशेश्वर प्रसाद ढकाल, नगर अध्यक्ष केदार प्रसाद गुरागार्इं, ११ नंं. वडाध्यक्ष बिषनलाल चौधरी, डेढ कठ्ठा बडी जग्गा दाता सोभितमान श्रेष्ठ, मोहन श्रेष्ठ, १२ नं. वडाध्यक्ष रोशन प्रसाद ढकाल, सदस्य गणेश प्रसाद फुंयाल, केहि शिक्षकहरुको आतिथ्य साथै सहकारी संस्थाका अगुवा र मान्नेगुन्य स्थानीयको बाक्लो सहभागिता माझ सिमेन्ट र ईंटा बिछाईं साम्सद ओझाले (मकरधन सामुदायिक भवन) शिलान्यास उद्घाटन् गरेका छन् । १ नं. प्रदेश सरकारद्वारा उपलब्ध एक करोड ७९ लाख रुपैया लागतमा यस क्षेत्रको नमुनारुपी आधुनिक सामुदायिक भवन बन्नेृ भएको छ । साथै लक्ष्मी माता पि. एण्ड जि. जे. भि. कम्पनीले ठेक्का लिएर एक बर्ष अवधिभरमा सम्पन्न गर्ने गरि भवन निर्माण कार्य शुरु गरेको छ । मकरधन सामुदायिक सेवा समितिद्वारा आयोजित शिलान्यास कार्यक्रम समाजसेवी लोहोन्द्रा साझेदारी वन ब्यवस्थापन समुह कोशीहरैंचाका सम्योजक तथा समिति अध्यक्ष रमेश कुमार खड्काको सभापतित्वमा बृहत रुपमा भएको शिलान्यास भवन निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै नगरबासिन्दाको मानव जीवनका गोष्ठी, सभा र साना ठुला बिभिन्न कार्य सम्पन्न गर्न सहज हुने आधुनिक गुणस्तरीय (मकरधन सामुदायिक भवन) निर्माण हुने भएकोले यसलाई ब्यवहारिक बनाउदै संरक्षण गर्ने दायित्व पनि स्थानियकै रहने सांम्सद ओझाले ब्यक्त गरेका छन् । यसै गरि नगरप्रमुख ढकाल, उप–प्रमुख तामाङ्ग, ११ नं. वडाध्यक्ष चौधरी, १२ नं. रोशन प्र. ढकाल लगाएतले आफ्नो क्षेत्रमा सबै समुदायको कार्य सहजै सम्पन्न हुन सक्ने भएकोले आधुनिक सुबिधा युक्त सभा हल, भण्डार र विशेष अतिथि कक्ष सहितको सामुदायिक भवन बन्ने भएकोमा स्थानिय हर्षित हुनु एउटा गौरबको उपलब्धी भएको ब्यक्त गरेका छन् । विर्वाचन क्षेत्र सुधारको आंक्लनमा अहिले सम्मकै ऐतिहासिक जम्बो बजेट ल्याउने, बिनियोजन गर्ने र स्थलगत कार्यान्वयन गराउन सफल एकमात्र साम्सद माननयि राजकुमार ओझाको देन स्थानीय माझ स्मरणीय भएको चर्चा बढेको छ । भवन भौतिक पूर्वधार विकास मन्त्रालय, सहरी बिकास तथा भवन निर्माण संरक्षण कार्यालय एक नं. प्रदेश सरकार बिराटनगर मातहतमा रहने भएकोछ भने समाजमा स्नेहि भुमिका खेलेका कचना मा.बि. का शिक्षक हिमाल अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?