Logo

नेयमारमाथी २ खेलको प्रतिबन्ध

कैलाश
२०७७ असोज १ , बिहीबार ०९:०९ मा प्रकाशित

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको छ । आइतबार राति भएको मार्सेलीविरुद्धको खेलमा रातो कार्ड पाएका नेयमारलाई दुई खेलमा प्रतिबन्ध लागेको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीका ३ र मार्सेलीका २ खेलाडीले रातो कार्ड पाएका थिए ।
ईन्जयुरी समयमा दुई पक्षका खेलाडीबीच झडप भएपछि रेफ्रिले पीएसजीका नेयमार, लिएन्ड्रो परेडेस र लेविन कुर्जावा तथा मार्सेलीका जोर्डन अमावी र डेरियो बेनेडेटोलाई रातो कार्ड दिएका थिए ।
नेयमारले मार्सेलीका अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएको पाइएपछि रेफ्रीले उनलाई मैदानबाहिर पठाएका थिए । कार्ड पाएका पाँचै खेलाडीमाथी प्रतिबन्ध लगाईएको हो । पीएसजीका कुर्जावालाई ६ खेलमा प्रतिबन्ध लागेको छ भने नेयमार र परेडेसलाई समान दुई खेलमा प्रतिबन्ध लागेको छ ।
मार्सेलीका जोर्डन अमावीमाथि तीन र डेरियो बेनेडेटोलाई एक खेलको प्रतिबन्ध लागेको छ । नेयमारले आफूमाथि जातीय विभेद भएको आरोपसमेत लगाएका थिए । सो खेलमा नेयमारले आफूमाथि जातीय टिप्पणी गरिएका कारण हात उठाएको जनाएका थिए ।
मार्सेलीले भने खेलका क्रममा कुनै जातीय विभेद नभएको उल्लेख गर्दै गोन्जालेज त्यस्ता खेलाडी नभएको बताएको छ । पीएसजीले भने आफ्ना स्टार नेयमारलाई दरिलो साथ दिएको छ । जातीय विभेदको समाज र फुटबलमा कुनै स्थान नरहने बताउँदै पीएसजीले भनेको छ, ‘एलएफपीको अनुशासन आयोग तथ्यको जाँच र पत्ता लगाउनका लागि तयार छ । क्लब कुनैपनि सहयोगका लागि तयारी अवस्थामा छ ।’
फ्रान्सेली फुटबल संघले नेयमारले आरोप लगाएको सो आरोपमाथि अनुसन्धान गरी सत्य तथ्य सार्बजनिक गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
नेयमार
लोकप्रिय छुटाउनुभयो कि ?