Logo

क्रिकेटर ललितको सफल शल्यक्रिया

कैलाश
२०७७ असोज १ , बिहीबार ०९:०९ मा प्रकाशित

मोटरसाईकल दुर्घटनामा घाईते भएका क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया गरिएको छ । कञ्चनपुरमा दुर्घटनामा परेका भण्डारीको मुख्य चोटको सफल शल्यक्रिया भएको क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले जनाएको छ । कञ्चनपुरमा दुर्घटना भएपछि थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका ललितको डा.चक्रराज पाण्डेको टिमले शल्यक्रिया गरेको हो ।
शल्यक्रियापछि उनको अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन् । आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिदा गम्भीर घाईते भएका उनलाई धनगढीको निसर्ग हस्पिटलमा प्राथमिक उपचार गरी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पठाईएको थियो । त्यहिबाट उनलाई थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ललितको उपचारका लागि पछिल्लो समय सिप्यानले आर्थिक संकलन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?