Logo

ललित खतरामुक्त, ग्राण्डीमा उपचार हुने

न्युजडेस्क
२०७७ भदौ ३० , मंगलबार ०९:०९ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारी खतरामुक्त भएका छन् । कञ्चनपुरको झलारीमा गएराती मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते भएका उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ । हात र खुट्टामा गम्भीर चोट लागेका भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पातालले जनाएको छ । पूर्वपश्चिम–राजमार्गअन्तर्गत कञ्चनपुरको झलारीमा उनी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकल विपरित दिशामा रहेको से १ ख १३२४ नम्बरको ट्रकसगँ ठोक्किएको थियो ।
यसैबिच घाईते क्रिकेटर भण्डारीलाई थप उपचारका लागि काठमाण्डौ ल्याईने भएको छ । उनलाई राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार गराउने तयारी भएको हो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लका अनुसार उनलाई सिम्रिक एयरबाट काठमाडौं ल्याईने तयारी भएको हो ।
नेपालगञ्ज मेडिकल कलेजमा सिटीस्क्यान गर्दा टाउकोमा चोट नदेखिए पनि दायाँ हात र खुट्टामा भने गम्भीर चोट लागेको छ । उनको हात र खुट्टाको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । कप्तान ज्ञानेन्द्रले ललितको उपचारका लागि राष्ट्रिय क्रिकेट टिमको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?